काठमाडौं : इजरायल र इरानबीच चौथो दिनसम्म पनि निरन्तर आक्रमण जारी छ।
इरानले इजरायलको राजधानी तेल अभिव, पुरानो राजधानी जेरुसेलम तथा हाइफा सहरमा निरन्तर मिसाइल प्रहार गरिरहेको समाचारहरुमा जनाइएको छ। यी सहरमा गएराति पनि कयौँ मिसाइल आवसीय भवनमा खसेका छन्।
बलियो प्रतिरक्षा प्रणालीका बाबजुद यी सहरमा क्षति पुगिरहेको र रातभर साइरन तथा एम्बुलेन्सको आवाज सुनिएको बताइएको छ।
इजरायलमा इरानको जवाफी मृत्यु हुनेको संख्या १० पुगेको छ भने झण्डै साढे २ सय मानिस घाइते भएका छन्।
उता इजरायलले गरेको पछिल्लो आक्रमणमा इरान सशस्त्र बलका अनुसन्धान प्रमुख मारिएका छन्। शुक्रबार बिहानदेखि जारी आक्रमणमा इरानमा मृत्यु हुनेको संख्या २ सय २४ पुगेको छ।
इरानी स्वास्थ्य मन्त्रलयका अनुसार पछिल्लो ६५ घण्टामा हताहत हुनेको संख्या १ हजार ४ सय ८१ पुगेको छ।
तीमध्ये महिला र बालबालिका सहित २ सय २४ जनाको मृत्यु हुँदाँ १ हजार २ सय ७७ जनालाई अस्पताल भर्ना गरिएको छ।
राजधानी तेहरानसहित परमाणु केन्द्र र सैन्य अड्डाहरुलाई लक्षित गर्दै इजरायलले आक्रमण जारी राखेको छ।
दुवै देशले एक–अर्कालाई आक्रमण रोक्न चेतावनी दिए पनि कुनै पक्षले आक्रमणको मात्र नघटाएको बीबीसीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।