|

काठमाडौं : धनकुटाको महालक्ष्मी नगरपालिका- ७ धरधरेस्थित जितपुर–लेगुवा सडक खण्ड छेउमा गाडिएको अवस्थामा युवकको शव फेला परेको छ।

मृतक महालक्ष्मी नगरपालिका-१ कटहरे का २५ वर्षीय दिपेश कटवाल रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए। निर्माणाधीन सडक छेउमा आइतबार ग्राभेल सम्याउने क्रममा स्थानीयले मानिसको गोडा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जेठ ३० गते घरबाट निस्किएका उनी त्यसपछि सम्पर्कविहीन थिए। शव शङ्कास्पद देखिएको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.