काठमाडौँ : उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आज न्यायाधीश ऋषिराज भण्डारीको इजलासले पाठकलाई कानुनसम्वत् बाहेक पक्राउ नगर्न आदेश जारी गरेको उच्च अदालत पाटनकी सूचना अधिकराी पार्वती हितानले थाहाखबरलाई जानकारी दिइन्।
आफूलाई गैरकानूनीरुपमा पक्राउ गर्न खोजिएको भन्दै पाठक उच्च अदालतमा निवेदन दिन पुगेका थिए । सोही रिटमा सुनुवाई गर्दै उच्च अदालत पाटनले उक्त आदेश दिएको हो।
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो।
उक्त रिटमाथि छलफलका लागि असार ५ गते दुवै पक्षलाईलाई बोलाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।