|

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित ईडीफाई ईन्टरनेशनल स्कुलको कमाउण्डभित्र सोही स्कुलको भ्यान दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ। 

स्कुलको माईक्रो भ्यान दुर्घटनामा सोही स्कुलमा अध्ययनरत काठमाडौँ कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया सोनाक्षी यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त भ्यानको ठक्करबाट घाइते भएका ६ जना मध्ये ५ जनाको नेपाल नेशनल अस्पतालमा र १ जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.