काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले सांसद डा. अमरेशकुमार सिंहले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई गाली बेइज्जती गरेको भनिएको अडियो–भिडियो झिकाउन आदेश दिएको छ।
आफूलाई सांसद डा. अमरेशकुमार सिंहले गाली बेइज्जती गरेको आरोप लगाउँदै परराष्ट्रमन्त्री राणाले गत फागुन १५ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी थिइन्।
उक्त मुद्दामा आज अदालतले उक्त आदेश दिएको हो । यसअघि अदालतले सिंहलाई उक्त आरोपबारे अडियो–भिडियो सुनेर स्पष्टिकरण पेश गर्न आदशे गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।