काठमाडौँ : स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेदरल्याण्ड्सले नेपाललाई १५३ रनको लक्ष्य दिएको छ।
स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो। नेदरल्यान्डसका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाए।
साकिब जुल्फिकारले २५, विक्रमजित सिंहले ३०, माइकल लेभिटले २०, म्याक्स ओडाउडले १९ र ज्याक लायन(क्याचेटले ११ रनको योगदान दिए।
नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। ४ ओभर बलिङ गरेका सन्दीपले १८ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए।
नन्दन यादवले २, ललित राजवंशी र कुशल भुर्तेलले एकएक विकेट लिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।