काठमाडौं : सहसचिव डाक्टर खगेन्द्रप्रसाद सुवेदी सचिवमा बढुवा भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगमा कार्यरत सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद अध्यक्षमा बसेको बढुवा समितिको बैठक सचिवमा बढुवाका लागि सहसचिवत्रय डण्डुराज घिमिरे, खगेन्द्रप्रसाद सुवेदी र कृष्णप्रसाद काप्रीको नाम सिफारिस गरेको थिय।
पहिलो नम्बरमा घिमिरे, दोस्रो नम्बरमा सुदेवी र तेस्रो नम्बरमा काप्रीको नाम सिफारिस भएको थियो। पहिलो नम्बरमा सिफारिस भएका घिमिरेलाई पछि पार्दै दोस्रो नम्बरका सुवेदीले बाजी मारेका हुन्।
महालेखा नियन्त्रक रघुराम विष्टले अनिवार्य अवकाश पाएपछि उक्त रिक्त स्थानमा सुवेदी सचिवमा बढुवा भएका छन्।
सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएका सहसचिव डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। सचिवमा बढुवा लागि ३ नम्बरमा सिफारिस भएका सहसचिव कृष्णप्रसाद काप्री शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक हुन्।
सचिवमा बढुवा भएका सुवेदी ५८ वर्षे उमेर हदका कारण यहीँ भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसैले दोस्रो नम्बरबाटै तानेर उनलाई सचिवमा बढुवा गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।