|

काठमाडौं : नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत घरेलु टोली स्कटल्याण्डसँग खेल्खैछ। यो खेल नेपाली समय अनुसार साँझ पौने ८ बजेदेखि शुरु हुनेछ।

सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्डसलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने नेपाल नेदरल्यान्ड्ससँग सुपर ओभरमा पराजित भएको छ। 

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक टी–२० (२०१३) मा खेलिएको थियो जहाँ स्कटल्याण्ड विजयी भएको थियो। आईसीसीको टी–२० वरियतामा नेपाल १८औं स्थानमा छ भने नेदरल्याण्ड्स १३औं स्थानमा रहेको छ।

२० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्डस् खेल्ने तालिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.