|

काठमाडौं :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तुरुन्तै खाली गर्न भनेपछि तेहरानमा इजरायली आक्रमण बढेको छ। 

तेहरानमा भएको पछिल्लो आक्रमणमा मानवीय हताहतीको रिपोर्ट भने आएको छैन। ट्रम्पको चेतावनीपछि लाखौं मानिसहरुले तेहरान छाडेका छन्। 

मानिसहरुले राजधानी तेहरान छाडिरहँदा सडक अस्तव्यस्त भएको छ। तेहरानमा झण्डै एक करोड मानिसको बसोबास छ। टन्म्पको चेतावनी लगत्तै प्रत्यक्ष प्रसारणमा रहेको इरानको सरकारी टेलिभिजनको भवनमै मिसाइल खसेको छ। 

आक्रमणपछि टिभी प्रस्तोता दौडिएको दृश्यमा देखिन्छ। आक्रमण भएको केहीबेरमा उक्त भवन ध्वस्त भएको छ। यसअघि इजरारायलले तेहरानको आकाश आफूहरुले कब्जा गरेको दाबी गरेको थियो। 

उता इजरायलमा पनि इरानी आक्रमण जारी छ। इजरायलको राजधानी तेल अवीव, जेरुसेलम तथा हाईफा सहरमा आक्रमण जारी छ। यी सहरहरुमा २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने ३ सय भन्दा बढी घाइते भएका छन्। 

इरानमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या ३ सय नजिक पुगेको समाचारहरुमा जनाइएको छ। 

मध्यपूर्वको तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति ट्रम्प क्यानडामा जारी जी–सेभेनको सम्मेलनबाट वासिंटन फर्किएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.