|

रौतहट : रौतहटमा अन्य पार्टी परित्याग गरी दुईसय नेता–कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्। जिल्लाको माधवनारायण नगरपालिका–५ मिठुअवा कटहरिया टोलमा आज आयोजित पार्टी प्रवेश एवं नेता कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस माधवनारायण नगरपालिका–५ को वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा कटहरिया टोलका राजिनन्द सहनी, जय प्रकाश सहनी, गोपाल सहनी,  रामएकवाल सहनी लगायतका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशीहरूलाई कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता, मधेश सभापति एवं सांसद कृष्णप्रसाद यादवले खादामाला लगाएर पार्टीमा स्वागत गरे। अरु दलको कुनै भविष्य नरहेको बताउँदै उनीहरूले कांग्रेसमा आएकाहरूलाई उनले उज्वल राजनीतिक भविष्यको शुभकामना दिए। 

कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताको विशेष पहलमा उनीहरू विभिन्न दल छाडेर कांग्रेसमा प्रवेश गरेका हुन्। राजनीतिमा ठूलो पकड भएका र राजनीतिमा ठूलो प्रभाव राख्ने दिगज नेताहरू कांग्रेसमा प्रवेश गरेकाले आगामी दिनको लागि मिठुअवा र माधवनारायण नगरपालिकामा पार्टी अझै मजबूत भएको नेता गुप्ताले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.