काठमाडौँ : गृह मन्त्रालयले विभिन्न २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ।
मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका २१ कर्मचारीहरूको सरुवा, पदस्थापन र काज खटाइएको हो।
मन्त्रालयका अनुसार गोरखाको प्रजिअमा सहसचिव रामुराज कडरियालाई पठाइएको छ।
भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई खटाइएको छ।
सूची
तपाईंको ईमेल गोप्य राखिनेछ ।