|

काठमाडौँ : काठमाडौँको तीनकुने घटनाको आरोपमा मुद्दा चलाइएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर अदालतबाट निस्किएका छन्।

काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएपछि उक्त धरौटी बुझाएर उनी छुटेका हुन्।

आज भने उनी आफैँ अदालत उपस्थित भएका थिए।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.