काठमाडौँ : पत्रकार दिलभूषण पाठकलाई उच्च अदालतले नपक्रन आदेश दिएको भोलिपल्टै आज प्रहरीको साइबर ब्यूरोले उपस्थित हुन भनेको छ।
ब्यूरोले एक सूचना जारी गरी यथाशीघ्र उपस्थिति भई अनुसन्धान कार्यमा सघाउन अनुरोध गरेको हो। यसअघि ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत अदालतबाट पाठकविरुद्ध पक्राउ पुर्जी लिएको थियो।
ब्यूरोले पक्राउ अनुमति प्राप्त भएको हुँदा यथाशीघ्र यस ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भइ अनुसन्धान कार्यमा सहयोग पुर्याउन अनुरोध गरेको छ।
उच्च अदालत पाटनले पत्रकार पाठकलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिँदै छलफलका लागि ५ गते दुवै पक्षलाई बोलाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।