काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालत न्याय दिन सक्षम रहेको प्रतिक्रिया दिएका छन्।
काठमाडौँ जिल्ला अदालतले तोकेको ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा अदालत न्याय दिन सक्षम रहेछ, अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु।’
तीनकुने घटनामा उनी आजै ३ लाख धरौटी बुझाएर रिहा भएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।