काठमाडौँ : स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलामा नेपाल सामु स्कटल्याण्डले सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनायो। नेपाल अहिले ९८ रनको लक्ष लिएर जवाफी व्याटिङ गरिरहेको छ।
स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ४६ बल खेल्ने क्रममा चार चौका र एक छक्का हाने। त्यसैगरी कप्तान म्याथ्यु क्रसले १५ र ब्रेन्डन म्याकमुलनले १० रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ११ रनमात्र दिए र ४ विकेट लिए। करण केसी र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए। ललित राजवंशीले १ विकेट लिए।
केसीले यही खेलमार्फत टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गरे । करण सो उपलब्धि हासिल गर्ने नेपालको दोस्रो बलर हुन्।
यसअघि सन्दीप लामिछानेले टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा नेपालबाट १०० विकेट लिएका थिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
नेपाल यसअघि पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा गएर पराजित भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।