|

पेरिस, ३ असार (रासस/एएफपी): श्रीमतीको नक्कली जागिर प्रकरणका कारण सन् २०१७ को राष्ट्रपतीय चुनावमा पराजित फ्रान्सका पूर्वप्रधानमन्त्री फ्राँस्वाँ फिलनलाई चार वर्षको जेल सजाय तोकिएको छ। उनले अदालतबाट तोकिएको शर्त पूरा गरेको खण्डमा जेलमा बस्नुपर्ने छैन।

फिलनलाई आफ्नी पत्नी पेनिलोप फिलनलाई नक्कली संसदीय सहायकको जागिर उपलब्ध गराएको अभियोगमा सन् २०२२ मा दोषी ठहर गरिएको थियो। उक्त पदमा रहँदा पेनिलोपले सार्वजनिक कोषबाट लाखौँ रकम बुझेको देखिएको छ।

अदालतले उनलाई तीन लाख ७५ हजार युरो (चार लाख ३३ हजार अमेरिकी डलर) जरिवाना र पाँच वर्ष निर्वाचनमा उम्मेदवारी हुन रोक लगाएको छ। यो सजाय सन् २०२२ मा सुनाइएको सजायभन्दा हल्का हो। 

सन् २०२२ मा उनलाई जेलमा बस्नुपर्ने गरी एक वर्षको सजायका लागि आदेश दिइएको थियो।

फ्रान्सको सर्वोच्च पुनरावेदन अदालत, कोर्ट अफ क्यासेसनले उक्त निर्णयलाई उल्ट्याउँदै नयाँ सजाय सुनुवाइको आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.