|

काठमाडौं : ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ। नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीको पुरानो स्वरूप फर्काउने प्रयासस्वरुप दुई महिनादेखि काम भइरहेको हो । ललितपुर महानगरपालिकाले पुनर्निर्माणको काम गरिरहेको छ ।

सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि पुनर्निर्माणको प्रक्रिया अगाडि बढेको हो । आदेशपछि १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातलको नाममा बनेको छ । लिच्छविकालीन यो पोखरीले नयाँ जीवन पाउने भएपछि स्थानीयबासी हर्षित छन् ।

हेर्नुहोस् तस्विर– 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.