|

इजरायलको राजधानी तेल अभिभ र इरानको राजधानी तेहरानमा छैटौँ दिन पनि लगातार आक्रमण भइरहेको छ। इजरायलले पछिल्लो आक्रमणमा तेहरानको पूर्वी बाहिरी इलाकामा रहेको हुसेन विश्वविद्यालयलाई पनि निशाना बनाएको छ। 

यो विश्वविद्यालय इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्ससँग सम्बद्ध रहेको बीबीसीले जनाएको छ। यस्तै इरानले पनि रातभर इजरायलमा फेरि क्षेप्यास्त्र प्रहार गरेको छ । दुवै तर्फ पछिल्लो आक्रमणबाट कति क्षति भयो भन्ने खुलेको छैन। द्वन्द्व चर्किदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनाशर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन्। 

इजरायल–इरान द्वन्द्वमा ट्रम्पको भूमिकालाई लिएर अमेरिकामै आलोचना भएको छ । इजरायल र इरानको द्वन्द्वमाप्रत्यक्ष संलग्नता देखाएको अमेरिकाले मध्यपूर्वमा थप लडाकु विमानहरू पनि तैनाथ गर्ने बताएको छ । यस्तै ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गर्न नचाहेको बताएका छन्। ट्रम्पले इरानको आणविक कार्यक्रम रोक्न ‘थप कददम’ चाल्ने सक्ने उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। 

इरानमा इजरायली आक्रमणका कारण इन्टरनेट सेवा अवरुद्ध भएको छ । यसका कारणसूचना र समाचारको पहँुचमा कठिनाइ भइरहेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.