|

काठमाडौं : उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ अमलचौरीमा दुईजना मृत फेला परेका छन्।

अमलचौरीका २७ वर्षीय रवीन्द्र राई र १४ वर्षीया मञ्जु राई मृत फेला परेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मञ्जुको शव गाउँकै बाटोमा र रविन्द्रको शव मञ्जुको शव भेटिएको ठाउँबाट करिब २०० मिटरको दूरीमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

उनीहरुका मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.