|

काठमाडौँ : सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच बैठक सुरु भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच छलफल भएको हो। 

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, ऊर्जामन्त्री दीपक खड्का, महामन्त्री गगन थापालगायत सहभागी छन्।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद अवरोध  लगायतका विषयमा छलफल भइरहेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.