चन्द्रौटा : कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–५ नौरंगियामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेरकी जन्ममति यादवको घटनास्थलमै मृत्यु भएको हो।
बुधबार साँझ करिब साढे ५ बजे डालपुर–नयाँबस्ती गाउँ नजिकै खेतमा भैंसी चराउने क्रममा अचानक चट्याङ परेको थियो।
प्रहरीका अनुसार मृतकको शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगञ्ज पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।