काठमाडौं : ललितपुरको ग्वार्कोमा बनेको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सर्वसाधारणले ओभरपास प्रयोग गर्न पाउनेछन्।
तोकिएको भन्दा निकै अर्थात् निर्माण थालेको ३९ महिनामा ओभरपासको काम सकिएको हो। इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यसको ठेक्का गरिएको थियो। यसको ठेक्का आशिष (समानान्तर(रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो।
दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण शुरु भएको थियो। शुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो। फेरि २०८१ असारसम्मका लागि म्याद थपियो। त्यो समयमा पनि काम सकिएन।
त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो। पटक-पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो।
हेर्नुहोस् तस्विर-
तपाईंको ईमेल गोप्य राखिनेछ ।