|

काठमाडौँ  : राष्ट्रिय स्वतन्त्र पार्टीले कालो वस्त्र र नीलो रिबन लगाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छन्।

संसद् बैठक शुरु हुन लाग्दा रास्वपाका सांसदहरूले कालो वस्त्र र नीलो रिबन लगाएर संसद्‌मा उपस्थित भएको देखेपछि प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए। रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मानव तस्करीको विरोधमा आफूहरूले कालो वस्त्र र नीलो रिबन लगाएको जानकारी दिएको सांसद मनीष झाले बताए।

उनले नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत भएको चर्चा गरे। प्रधानमन्त्रीलाई वस्त्रबारे जानकारी गराइसकेपछि प्रधानमन्त्रीले शुभकामना दिएको पनि सांसद झाले बताए।

झाले भने, ‘यो नीलो रिबन मानव तस्करीविरुद्धको विश्वव्यापी संकेत हो। हामीले विगत २२ दिनदेखि विरोध गरिरहेका छौँ। आज पनि निरन्तरता दिएका छौँ। विरोधको अर्को संकेत सबैले कालो वस्त्र पनि लगाएका छौँ। प्रधानमन्त्रीले किन स्तो ड्रेस भनेर जिज्ञासा राख्नुभयो। हामीले मानव तस्करविरुद्धको विरोधमा हामी छौँ भनेर जानकारी गरायौँ। उहाँले शुभकामना दिनुभयो।’

२२ दिनसम्म आन्दोलन चल्दासमेत सरकारले चासो नदिँदा कालो वस्त्र लगाएर विरोध गर्नुपरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.