काठमाडौँ : ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन्।
दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने ओभरपास पटक पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्घाटन भएको छ।
शुक्रबार दिनको ४ बजे आयोजना गरिएको यक्त कार्यक्रम सडकमा सवारी चाप बढ्ने समयमा गरिएपछि ग्वार्को चोकमा अत्यधिक जाम परेको छ।
ओभरपासकै बीच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दायाँबायाँ सडकमा सवारी जाम देखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।