|

काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ।

रोकालाई सीआइबीको टोलीले काठमाडौँबाट आज पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।

राजस्व अनुसन्धान विभागले २०८० साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो।

पक्राउ परेकी रोका उक्त ६१ किलो सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती भएको र काठमाडौँको ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.