काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकप्रिय र प्रतितिष्ठित धेरै व्यक्तिले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि मात्र अन्तिममा आफू सभापति बनेको खुलाएका छन्। पार्टी गठनका बेला आफूले सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेशरी शाहसम्मलाई नेतृत्व गरिदिन बिन्ती गर्दा पनि कसैले नमानेपछि आफू सभापति बनेको दाबी उनको छ।
पार्टीको तेस्रो स्थापना दिवस (असार ७ गते) का अवसरमा भैरहवा जेलबाटै लिखित सन्देश जारी गर्दै रविले उक्त कुरा खुलाएका हुन्। उनले भनेका छन्, ‘सन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिलकेशरी शाहसम्म, यस्ता कैयौँ व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हारगुहार गरेँ। कसैले विश्वास नगरेपछि मात्रै म आफैँ सभापति भएर पार्टी दर्ता गरेको हुँ ।’
पार्टी खोलिसकेपछि पनि नेतृत्व सुम्पन पटक–पटक आग्रह गरेको रविको दाबी छ। उनले सन्देशमा भनेका छन्, ‘पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस् वा कम्तीमा पनि उम्मेदवार बनिदिनुस् भनेर कैयौँ ढोकाहरू ढकढक्याएँ। तर, मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो, धेरैले मानेनन्।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।