|

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ब्रिटिश गोरखाहरूलाई वंशजकै आधारमा नागरिकता दिनुपर्ने बताएका छन्।

शनिवार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रगतको आधारमा प्राप्त गर्ने अधिकार कसैले खोस्न नसक्ने बताए। 

नागरिकलाई सेनामा भर्ती हुन पठाउने र आवासीय अधिकार दिँदैमा नेपालमा वंशजको आधारमा पाउने नागरिकताबाट वञ्चित गर्ने कुरा राम्रो नभएको बताए। हिम्मत र शाहस भए ब्रिटिश गोरखा भर्ती बन्द गर्न आग्रह गरे।

नत्र भने आफ्नै देशका नागरिकमाथि अन्याय गर्ने अधिकार कसैलाई नरहेको उनको जिकिर थियो । 

नेपालमा नागरिकताको विषयमा बुझाइको अल्पता रहेको उनले बताए। संसारमा राष्ट्रिय राज्य रहेसम्म प्रत्येक मानिसको नागरिकता हुने उनले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.