|

काठमाडौं : सरकारले २० वर्षपछि प्रस्ताव गरेको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणमा अस्पताल व्यवस्थापक पदलाई समावेश नगरेको भन्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले माइतीघरमा विरोध प्रदर्शन गरेको छ।

स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर सुनिश्चित गर्न अत्यावश्यक मानिएको यो पदलाई नसमेट्नु नेपालको संविधानमा मौलिक हकका रूपमा सुनिश्चित गरिएको गुणस्तरीय स्वास्थ्य सेवाको लक्ष्य विपरीत रहेको संघको भनाइ छ। सहभागीहरू आफ्ना नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर बिजुलीबजारबाट मार्चपास गर्दै माइतीघर पुगेका थिए।

अहिले नेपालमा १५ वटा विश्वविद्यालय स्तरीय शैक्षिक संस्थाबाट वार्षिक ६५० जना हाराहारीमा स्नातक तथा स्नातकोत्तर तहमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन्। सन् २००० देखि नै नेपालमा अस्पताल व्यवस्थापन शिक्षाको औपचारिक सुरुवात भइसकेको र हालसम्म स्वदेश तथा विदेशबाट करीब ४००० जना दक्ष जनशक्ति उत्पादन भइसकेको संघको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.