पर्सा : श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राति श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिए।
लामो समय बाहिर काम गरेर घर फर्किँदा राम्रो व्यवहार नगरेको भन्दै मियाँले श्रीमतीको हत्या गरेको देखिएको उनले बताए। यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।