|

नुवाकोट : नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। 

पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई वटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा प्र ०२०३३ प ९८०१ नं. को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा ६ प ५८२९ नं. को अर्को मोटठरसाइकल एक–आपसमा ठक्कर खाँदा तीन जना युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.