|

काठमाडौं : गायिका गंगा फियाकको नयाँ गीत सार्वजनिक भएको छ। गंगा र नोगेन हाङ्सरुम्बाको स्वरमा रहेको लिम्बू भाषाको ‘साम्याङ युप्पा’ बोलको गीत सार्वजनिक गरिएको हो।

‘गंगा फियाक’ युट्युब च्यानलमा सार्वजनिक भएको गीत लक्ष्मी नाम्लाक्पा नेम्बाङले रचना गरेका हुन्। गीतमा विवेक हाङ्सरुम्बा र सागर केरुङले संगीत भरेका छन्। पप र लिम्बू मौलिक लय फ्युजन गरिएको गीत कर्णप्रिय छ।

सुभम चाम्लिङ राई र सन्ध्या फियाकको अभिनय रहेको गीतको भिडियोमा दिनेश माङमुको कथा तथा निर्देशन रहेको छ। सुन्दर प्रेम कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा निःस्वार्थ प्रेममा मायासँग सम्पत्तिको तुलना गर्न नसकिने सन्देश दिइएको  छ। सुजन श्रेष्ठको छायांकन गरेको भिडियो अनिल रानाले सम्पादन गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.