काठमाडौँ : सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ।
पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो। भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ।
मन्त्रालयले रणनीतिक सडक पुल निर्माण अन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ भने मीनभवनमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ छुट्याएको छ।
हेर्नुहोस् तस्विर-
।
तपाईंको ईमेल गोप्य राखिनेछ ।