|

काठमाडौँ : बर्खा लागेपछि काठमाडौंका तरकारी तथा फलफूल बजार अस्तव्यस्त हुन्छन् । तरकारी बजार त्यसै पनि अलि अलि हिलो भइरहने ठाउँ हो। त्यसमाथि पानी पसेपछि हिलाम्य हुने गरेको छ।

काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको हालत त्यस्तै भएको छ। बजार क्षेत्र जलमग्न हुन थालेपछि व्यापारीका साथै ग्राहकलाई पनि समस्या भएको छ। बजार सुक्खा र सफा नहुँदा व्यापार समेत घटेको थोक व्यापारीले बताए। बजारको संरचना व्यवस्थित नहुँदा र नाली प्रणाली कमजोर हुँदा हरेक वर्षायाममा यस्तो समस्या दोहोरिने गरेकोउनीहरूबताउँछन्।

गत वर्षको बर्खामा पनि बागमतीको बाढी फलफूल बजारमा पसेर बिजोग भएको थियो ।

हेर्नुहोस् तस्विर-

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.