|

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको बिहीबार अवलोकन भ्रमण गरेका छन्।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए। उनले आफू रियल म्याड्रिडको प्रशंसक रहेको उल्लेख गर्दै सुविधा सम्पन्न रङ्गशाला देखेर खुसी लागेको बताए। 

प्रधानमन्त्री ओलीलाई निर्देशक मिगेलले क्लबको ७ नम्बर लेखिएको आइकोनिक जर्सी उपहार दिए।  निर्देशक मिगेलले क्लबको तालिम र भर्नामा सहभागी हुन नेपाली विद्यार्थीलाई प्रोत्साहन पनि गरे।

स्पेनको सेभियामा संयुक्त राष्ट्रसङ्घको विकासका लागि वित्त सम्मेलनका कार्यक्रम सकिएपछि ओली उक्त रंगशाला अवलोकन गर्न गएका हुन्।

रङ्गशाला अवलोकनका क्रममा  प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानीमन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाललगायत सहभागी थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.