|

काठमाडौँ : स्वास्थ्य बिमा बोर्डले अबदेखि बिमितहरूले देशभरका जुनसुकै प्रथम सेवा बिन्दुबाट पनि सेवा लिन पाउने व्यवस्था गरेको छ। 

सामाजिक सुरक्षा कार्यक्रममार्फत सञ्चालन भएको स्वास्थ्य बिमा कार्यक्रममा यसअघि बिमितहरूले तोकिएकै ठाउँको प्रथम सेवा बिन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्थ्यो। तर अब भने बिमितहरूले यस्तो सेवा लिन तोकिएकै ठाउँको प्रथम सेवा बिन्दुमा धाइरहनु नपर्ने व्यवस्था बोर्डले गरेको हो।

बोर्डले सूचना जारी गर्दै स्वास्थ्य बिमा बोर्डबाट प्रथम सेवा विन्दुको रूपमा काम गर्ने गरी अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवाप्रदायक स्वास्थ्य संस्थाबाट बिमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने गरी व्यवस्था मिलाइएको उल्लेख छ। यो सेवा भने साउन १ गतेदेखि लागु हुने बोर्डले जनाएको छ। 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत १७ वैशाखको मन्त्रिपरिषद् बैठकले आफू रहेकै ठाउँमा प्रथम सेवा बिन्दु कायम गर्ने गरी स्वास्थ्य बिमा नियमावली संशोधन गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य बिमा बोर्डले गत १७ वैशाखको मन्त्रिपरिषद्को निर्णयलाई टेकेर १ साउनदेखि प्रथम सेवा बिन्दु बिमितका लागि खुला गरिदिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.