|
तस्विर- नेपाल फोटो लाइब्रेरी

काठमाडौं : नेपालको जनसङ्ख्या गाउँबाट ओरालो र शहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ । मानिसको शहर मोहले गर्दा जनसङ्ख्या शहरकेन्द्रित हुँदा गाउँ रित्तिँदै गएका छन्।

विकास उकालो लाग्यो र मानिस उरालो लागे भन्ने भनाई अहिले काठमाडौं उपत्यकाको तारकेश्वर नगरपालिका- १ साङला गाउँ र टोखा नगरपालिका १ दुलाल गाउँलाई हेर्दा हुन्छ। यी गाउँमा अहिले रित्ता र भग्नावशेष भएका घर र आँगनमा झार उम्रिएका छन्। २०७२ सालको भूकम्पले मौलिक र परम्परागत घरहरू हराए भने अधिकांश गाउँ नै छाडेर गएको स्थानीय बताउँछन्।

काठमाडौंमै रहेर पनि कुनै समय निकै ग्रामीण र दुर्गम जस्तै रहेको यो क्षेत्रमा अहिले बिजुली, सडक पुगेको छ। अरू सुविधा आइसकेको छ तर गाउँमा मानिस नरहेको साङला सल्लेगाउँका रामप्रसाद ढकाल बताउँछन्। काँठ क्षेत्रका धेरैले ४०-५० मुरी धान फल्ने खेत बेचेर घर बनाएको उनले सुनाए।

दुलाल गाउँका स्थानीय दीपेन्द्र दुलालले भने, ‘पहिले यहाँ १२० घरधुरी रहेकोमा भूकम्पपछि सबै जसो घरहरू खाली भए धेरैले खेत बेचेर खेत मै घर बनाए, कतिले गाउँमै ठूला सिमेन्टका घर बनाए, अहिले त ५-७ घरमा मात्र मानिस बस्ने गरेका छन्

हेर्नुहोस् तस्विर-

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.