पर्वत : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशभित्र पञ्चासेमा सबैभन्दा धेरै वर्षाको मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागले वर्षा मापन गर्ने केन्द्रहरूबाट लिएको वर्षाको पछिल्लो मापन अनुसार गण्डकी ११ जिल्लमध्ये पर्वत, कास्की र स्याङ्जाको सङ्गम पञ्चासेमा सबैभन्दा धेरै वर्षा भएको हो। प्रदेशमा सबैभन्दा कम मनाङ सदरमुकाम चामेमा १.४ मिलिमिटर वर्षा मापन हुँदा सबैभन्दा बढी पञ्चासेमा ६४ .८ मिलिमिटर वर्षाको मापन भएको छ।
पञ्चासेपछि दोस्रो धेरै वर्षा पर्वतको फलेवास नगरपालिका-१ कार्कीनेटामा मापन भएको छ। जहाँ पछिल्लो २४ घण्टामा ४३ मिलिमिटर वर्षा भएको विभागको मौसम विवरणमा उल्लेख छ। यस्तै तेस्रो धेरै वर्षा गोरखाको बारपाकमा ३२ दशमलव आठ मिलिमिटर वर्षा मापन भएको छ।
यस्तै लमजुङको राइनशटारमा २९.८ मिलिमिटर, स्याङ्जाको पञ्चमूलमा २७.६ मिलिमिटर, म्याग्दीको मुनामा २७.४ मिलिमिटर, कास्कीको लुम्लेमा २७, पर्वतको कुश्मामा २३ .२ मिलिमिटर, लमजुङको कुन्छामा २२.८ मिलिमिटर वर्षा मापन भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा शनिवार दिउसो राती साधरणतया बादल लागेर धेरै ठाउँहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यमदेखि भारी रूपमा पानी पर्ने सम्भावना रहेको छ। आइतबार दिउँसो आंशिकदेखि साधरणतया बादल लागेर केही स्थानहरूमा आकाश गर्जिँदै चट्याङ्ग सहित मध्यमदेखि भारी खालको पानी पर्ने सम्भावना रहेको छ।
यस्तै, आइतबार राति सामान्यतः बादल लागेर केही ठाउँहरूमा मेघगर्जन चट्याङ्ग सहित मध्यम देखि भारी पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। मौसमविद्का अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले न्यून चापीय रेखा सरदर ठाउँ आसपास रहेको छ। आइतबार मनसुन केही कमजोर हुने मौसमविद्ले बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।