१०-१७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागिता दर ३२.१ प्रतिशत

|

काठमाडाैं : नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएको छ । २०७८ को जनगणनाअनुसार नेपालमा दश वर्षकाे अवधि (२०६८ देखि २०७८ सम्म)मा खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ । 

सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्यून भएको छ । 

नेपालको श्रम बजारको स्थिति

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख रहेको छ ।  कुल जनसंख्यामध्ये २ करोड ३९ लाख (८२.२ प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् ।

ती मध्ये १ करोड ५७ लाख (६५.५ प्रतिशत) व्यक्तिहरूलाई आर्थिक रुपले सक्रिय जनसंख्या मानिएको छ । कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख म्हिला रहेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 

प्रदेशहरूमध्ये आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा धेरै (३४ लाख) वागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रुपले सक्रिय जनसंख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१० लाख) छन् । 

नेपालमा १० वर्ष वा सो भन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ । जसमा पुरुषतर्फ ७१.३ प्रतिशत  र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ । 

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरुको संख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा ४ लाख ९ सय २८ पुरुष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरूमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जसमा ४२ लाख(२८.६ प्रतिशत) अरुको काम गर्ने, २ लाख (१.४ प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३ प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५ प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् । 

कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५ लाख, ५७.३ प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९ प्रतिशत) व्यक्तिहरू अक्सर रोजगार रहेका छन् । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागिता दर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् । 

(राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको विषयगत प्रतिवेदन तथा  सुक्ष्म कोरा तथ्यांकका आधारमा तयार पारिएकाे

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.