|

काठमाडाैं : एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ। शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

 फाइनलमा सिंगापुरले दिएकाे ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।

त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।​ सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जित्दा सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.