|

काठमाडाैं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्। शनिबार काठमाडौंमा आयाेजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे। 

मन्त्री पाैडेलले नेपालमा पर्यटनको अनगिन्ती सम्भावना रहेको बताए। पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन गर्न जरुरी रहेको भन्दै देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको बताए। पर्यटन पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक रहेको पनि उनले बताए। 

मन्त्री पाैडेलले भने, ‘समृद्धिका निम्ति हामीसँग अरु विभिन्न कुराहरू छन् । त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो । यसको अनगिन्ती सम्भावना छ । हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्छ । हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन । राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने, स्वदेश र विदेशका निजी क्षेत्रलाई जाऊँ लगानी गर्न नेपालमा भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ । पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ । त्यही हिसाबले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.