काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई केही समय नियन्त्रण गरी सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।
शनिवार ललितपुरमा १०३ औँ अन्ताराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विगतका कमजोरी सच्याएर अघि बढ्न जरुरी रहेको बताए।
उनले माग आएबमोजिम सहकारी नियमन प्राधिकरण बनाइएको बताए। उनले प्राधिकरण बनेसँगै काम शुरुवात नभई नियन्त्रण खबरदार भन्ने गरिएको बताए। उनले बिग्रिएको कुरा नियन्त्रण नगरे ठिक ठाउँमा आउन नसक्ने जिकिर गरे।
सरकार सहकारी नियन्त्रण गर्नेतर्फ नरहेको बताउँदै स्वनियमनमा छोडिदिँदा स्वनियमनको पद्धति तोडेको आरोप लगाए। स्वनियमनको पद्धति ठिक ठाउँमा ल्याउन केही समय नियन्त्रण, सन्तुलन अनि स्वतन्त्रता जरुरी भएको बताए।
मन्त्री अधिकारीले भने‚ ‘कमजोरी सच्याएर अघि जान जरुरी छ। सहकारी नियमन प्राधिकरण बनाउनुपर्यो भनेर यहाँहरूले आन्दोलन गर्नुभएको होइन? अहिले त्यही नियमन प्राधिकरण बनेको छ। उसले कसरी काम गर्छ, कस्तो विधि बनाउँछ भन्ने शुरु नहुँदै नियन्त्रण खबरदार भन्न थालिएको छ। बिग्रिएको कुरालाई नियन्त्रण नगर्ने हो भने त्यो ठिक ठाउँमा आउँदैन।’
मन्त्री अधिकारीले सहकारी ठिक रहेको र सहकारी नै राष्ट्रको मेरुदण्ड भएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।