|

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन्।

शनिवार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पञ्चायती र राणा शासनभन्दा अहिले धेरै कुरामा परिवर्तन आएको दावी गरे।

शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको बताए, सकारात्मक सोच राख्दा हरेक क्षेत्रमा परिवर्तन गर्न सकिने बताए। सकारात्मक सोचले सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुने बताए।

मन्त्री चौधरीले भने, ‘पञ्चायती र राणा शासन भन्दा धेरै कुरामा परिवर्तन भएको छ। शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको छ। तर एउटै कुरा बाटोघाटो हुँदा, चिया पिउँदा पोजेटिभ सोच राखिदिनुस्। केही पनि भएन, यो पनि भएको छैन, यस्तो पनि भएको छैन, त्यस्तो पनि भएको छैन भन्ने छ। पोजेटिभ सोच भए हरेक चिजमा परिवर्तन हुनसक्छ। सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुन्छ। यही देशमा केही गर्नुपर्छ, यही देशमा गरेर खान सकिन्छ भन्ने सोच राख्नुपर्छ। खेलाडीहरुलाई यो सरकार आइसकेपछि यति पुरस्कार बाँडेका छौँ।’

मन्त्री चौधरीले नेपालमा क्रान्ति र शान्ति ल्याउन गिरिजाप्रसाद कोईरालाको भूमिका महत्वपूर्ण रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.