|

बागमती : मकवानपुरको भिमफेदी गाउँपालिका १  स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ। 

खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका ५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

वीरगञ्जबाट साथीहरूसँग पिकनिक खान आएका शर्माको खोलामा नुहाउने क्रममा अचानक पानीको बहाब बढ्दा बगेर मृत्यु भएको जानकारी आएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.