|
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ : काठमाडौँको बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयको कला विभागले आज यहाँ कला कार्यशाला, कला प्रदर्शनीसहित कला शिक्षकहरूलाई सम्मान गरेको छ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला कार्यशाला तथा कलाप्रदर्शनी अवलोकन पश्चात् आयोजित सम्मान कार्यक्रममा कलाको जरो विद्यालयको कला शिक्षा रहेको बताउँदै यस्ता कार्यले कला शिक्षकहरूमा हौसला प्रदान हुने बताए।

काठमाडौँको शहीद शुक्र माविमा कला कार्यशाला आयोजना गरिएको छ। काठमाडौँका विभिन्न विद्यालयमा  कला प्रशिक्षण गरिरहेका कलाका शिक्षकलाई एकै ठाउँ भेला गराएर कला सम्बन्धी ज्ञान र जानकारी बृहत्  रूपमा फैलाउने  उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमका संयोजक केशवराज खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.