|

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थामा कसैको बहुमत नआउने स्पष्ट पारेका छन्।

शनिवार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अहिलेको निर्वाचन प्रणालीअनुसार कसैको पनि बहुमत आउन गाह्रो रहेको बताए।

उनले बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुने स्वभाविक भएको पनि बताए। सबै मिलेर सरकार बनाउनु राम्रो कुरा पनि भएको जिकिर गरे।

सभापति देउवाले भने, ‘महिला, दलित, जनजाति सबैको प्रतिनिधित्व भएको छ। समावेशी संविधान बनाएका छौँ तर यसमा कुनै पार्टीको पनि बहुमत आउन सक्दैन। त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने बाध्यता छ। नमिले हुँदै हुँदैन, बाध्यतै हो यो।’

सभापति देउवाले समूहीकृत रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.