काठमाडौँ : उज्वेकिस्तानविरुद्धको खेलमा २-० ले पछि परेको नेपालका लागि कप्तान साबित्रा भण्डारीले गोल गर्दै २-१ को अवस्थामा पुर्यएकी छिन्।
पहिलो मिनेटमै गोल खान पुगेको नेपालले ११औँ मिनेटमा अर्को गोल खाएको थियो। उसका लागि डिओराखोन हबिबुल्लाएभाले पहिलो मिनेटमै गोल गरिन्।
नेपाली डिफेन्सको तालमेल नमिल्दा उज्वेकिस्तानले सुरुवाती मिनेटमै गोल गर्दै नेपाललाई दबाबमा राखेको हो। दोस्रो गोल ल्युडमिला कराचिकले गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।