|

काठमाडौँ : एसीसी महिला एसियन कप छनोटमा नेपालले कमजोर प्रदर्शन गरेको छ। उज्वेकिस्तानको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल ३-१ ले पछि परेको छ।

पहिलो मिनेटमै गोल खाएको नेपाल उज्वेकिस्तानले ११औँ मिनेटमा दोस्रो गोल गर्दा थप दबाबमा पर्‍यो।

नेपाली डिफेन्सको तालमेल नमिल्दा डिओराखोन हबिबुल्लाएभाले पहिलो मिनेटमै गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाएकी थिइन्।

११औँ मिनेटमा ल्युडमिला कराचिकले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको २३औँ मिनेटमा नेपालकी कप्तान साबित्रा भण्डारी साम्बाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन्।

तर खेलको ३९औँ मिनेटमा उज्वेकिस्तानकी माफ्तुना शोयमोभले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को अवस्थामा पुर्‍याइन्।

घरेलु टोली १० खेलाडीमा सिमित बनेको छ। राकिब जामो रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नेपाललाई फाइदा पुगेको छ। 

आजको विजेता सन् २०२६ मा अष्ट्रेलियामा हुने एसियन कपमा पुग्ने छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.