|

बारा : जीतपुर–सिमरा उपमहानगरपालिकाको प्रमुखमा एमालेका डा. कृष्ण पौडेल विजयी भएका छन्। उप–प्रमुखमा एमालेकै सरस्वती चौधरी निर्वाचित भएकी छिन्।

सत्तारुढ दल काग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई पाखा लगाउँदै डा. पौडेल प्रमुख  र चौधरी उपप्रमुख बनेका हुन्।प्रमुख पौडेलले १४ हजार आठ सय ६५ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ मत पाएका छन्। उनीहरूको मतान्तर २८२२ हो।

उपप्रमुखतर्फ चौधरीले १४ हजार चार सय ५९ मत ल्याउँदा काग्रेसकी निरु रायमाझीले १२ हजार चार सय ६५ मत पाइन्।

यस्तै नगरप्रमुखतर्फ माओवादी केन्द्रका राजन पौडेलले ११ हजार दुई सय ४८ मत ल्याए भने उपप्रमुखतर्फ गायत्रीदेवी थरुनीले १० हजार आठ सय ६६ मत प्राप्त गरिन्।।

उपमहानगरको प्रमुखमा निर्वाचित भएसँगै पौडेलले जीतपुर–सिमरालाई समृद्ध बनाउने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.