|
Photo : moviemandu.com

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दाङ जाँदैछन्। एमाले दाङले घोराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दाङ जाने कार्यक्रम छ।

सोही कार्यक्रममा चर्चित गायिका कोमल वली नेकपा एमालेमा प्रदेश गर्दै छिन्। गायिका वली एमाले अध्यक्ष ओलीले विशेष आग्रहमा एमाले प्रवेश गर्न लागेको बताइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी गायिका वली दाङ टिकरी निवासी हुन्। उनी केही समयअगाडि मात्रै नायिका रेखा थापासँगै राप्रपा प्रवेश गरेकी थिइन्।

घोराहीको भरतपुरस्थित नारायण सल्यानी भवनमा आयोजना गरिएको कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्य शंकर पोखरेल लगायतका नेताहरुको उपस्थिति रहने एमाले दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए।

पार्टी प्रवेश सँगै गायिका वलीले विशेष प्रस्तुति दिने कार्यक्रम रहेको अध्यक्ष खड्काले बताए। तर, सञ्चारमाध्यममा आएजस्तै वलीलाई प्रदेश सांसद दिने भन्नेबारे भने जानकारी नभएको उनले बताए।

सोही कार्यक्रममा वलीसँगै राजा ज्ञानेन्द्रको सक्रिय शासन कालमा घोराही नगरपालिकाको प्रमुखमा मनोनीत भएका बलिभद्र रानामगर पनि एमाले प्रवेश गर्दै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.