|

बारा : मतगणना सुरु भएको दिनदेखिकै एमालेको अग्रता उल्ट्याउँदै बाराको कलैया उपमहानगरपालिकामा कांग्रेसले जित हात पारेको छ। एमाले उम्मेदवारलाई १८७ मतले पराजित गर्दै कांग्रेसका राजेश राय यादव उपमहानगर प्रमुखमा निर्वाचित भए।

यादवले १० हजार ९०३ मत पाउँदा एमालेका विनोदप्रसाद साहले १० हजार ७१६ मत प्राप्त गरे। उपप्रमुखमा पनि कांग्रेसकै रहिमा खातुन विजयी भइन्। उनले १० हजार ५३७ मत पाउँदा एमालेकी प्रतिमाकुमारी यादवले १० हजार ३७२ मत पाइन्।

यससँगै कांग्रेसले मधेसमा जितेको स्थानीय तहको संख्या ४० पुगेको छ। १३६ मध्ये *१३४ स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा कांग्रेसले *४०, संघीय समाजवादी फोरम नेपालले २५, राजपाले २४, माओवादी केन्द्रले २१ र एमालेले १८ स्थानमा जित हात पारेका छन्। यसका अलावा नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाल संघीय समाजवादी पार्टीले २ तथा नयाँ शक्ति नेपालले १ स्थानमा जितेका छन्।

अन्तिम परिणाम सर्वजनिक हुन बाँकी वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम र राजविराज नगरपालिकामा राजपाको अग्रता छ।

*सच्याइएको।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.